सर्लाही – रसुवामा आएको विनाशकारी बाढीमा परी सर्लाहीको लालबन्दी नगरपालिका – १४, माइस्थानका तीन जनाको मृत्यु भएको छ। निर्माणसम्बन्धी कामका लागि रसुवा पुगेका माइस्थानका राम गोले, लक्ष्मण गोले र सुसाल गोले बाढीको चपेटामा परेर ज्यान गुमाएका हुन्।
परिवारका अनुसार उनीहरू केही समयअघि रोजगारीका क्रममा रसुवा पुगेका थिए। निर्माणस्थलमा काम गरिरहेका बेला अचानक आएको बाढीमा परेपछि तीनै जनाको मृत्यु भएको हो।

एकै गाउँका तीन जनाको एकै घटनामा ज्यान गएपछि माइस्थानमा गहिरो शोक छाएको छ। आफन्तजन र स्थानीयवासी शोकमा डुबेका छन्। मृतकहरूको शव कानुनी प्रक्रिया पूरा गरी सर्लाही ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।





