सर्लाही – गोडैता नगरपालिका – १ का वडा अध्यक्ष सोजित महतोले विपद्को समयमा राज्यको खोज, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।
वडाध्यक्ष महतोले आफ्नो तर्फबाट कोषमा सहयोग गर्दै विपद्को संकटपूर्ण अवस्थामा सरकारको आह्वानलाई स्वीकार गरेको बताएका छन्। दैवी प्रकोपका बेला प्रत्यक्ष रूपमा उपस्थित भएर सहयोग गर्न नसके पनि आफ्नो क्षमताअनुसार सानो सहयोगमार्फत राज्य संयन्त्रको खोज, उद्धार तथा पुनर्स्थापना अभियानमा साथ दिने उद्देश्यले सहयोग गरिएको महतोको भनाइ छ।

उनले विपद्का कारण समस्यामा परेका नागरिकको उद्धार तथा पुनर्स्थापनामा सबैको सहयोग आवश्यक रहेको भन्दै आफूले सकेको सहयोग गर्न आम नागरिकलाई समेत आग्रह गरेका छन्।
महतोले भनेका छन्, “नेपालको दैवी प्रकोपमा आफ्नो उपस्थिति जनाई सहयोग गर्न नसके पनि यस संकटको घडीमा राज्य संयन्त्रलाई खोज, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस भनी सानो सहयोग गरेर सरकारको आह्वान स्वीकार गरेको छु। हजुरहरू पनि सकेको सहयोग गरिदिनुहोला।”





