धनकौलबाट ११ वर्षीया बालिका बेपत्ता, खोजीमा जुट्यो प्रहरी

२०८३ भाद्र १५, सोमबार २१:२२

मलंगवा – सर्लाहीको धनकौल गाउँपालिकाबाट ११ वर्षीया बालिका हराएकी छन्। जिल्लाको धनकौल गाउँपालिका – ३, हरकठवा टोल निवासी रामबिनय रायकी ११ वर्षीया छोरी चाँन्द कुमारी यही भदौ १४ गते दिउँसो करिब १ बजेदेखि हराएको प्रहरीले जनाएको छ।

हराएकी बालिकालाई सोही दिन साँझ करिब ४ बजे मानपुरतर्फ देखिएको भन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। त्यसपछि बालिकाको खोजी भइरहेको छ। प्रहरीका अनुसार बालिकाको वर्ण सामलो, उचाइ करिब ३ दशमलव ५ फिट रहेको छ।

हराउँदा उनले सेतो टी–सर्ट र कालो पाइन्ट लगाएकी थिइन्। बालिकालाई कसैले देखे वा उनको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा वा प्रहरीको १०० नम्बर तथा ९८५४०६७१०० र बालिकाका परिवार ९८०३०२४७८५ मा सम्पर्क गरिदिन प्रहरीले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार