सर्लाही – विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको नाम लेखिएको भ्यानमा लुकाएर राखिएको अवस्थामा ६० किलो गाँजा बरामद गरेको छ।
विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा मंगलबार राति सशस्त्र प्रहरी बल नेपाल, बीओपी दरैयाबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार राति करिब ११ बजे ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोकेर जाँच गर्न खोजेका थिए। तर, प्रहरीलाई देखेपछि भ्यानका चालक गाडीमै छाडेर फरार भएका थिए।
त्यसपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा दुईवटा बोराभित्र प्याक गरेर राखिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको जनाएको छ। बरामद गरिएको गाँजा र भ्यान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।





