मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा दाखिला गरेको छ।
प्रहरीका अनुसार प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई सम्मानित सर्लाही जिल्ला अदालतसमक्ष आवश्यक कानुनी प्रक्रियाका लागि पेश गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ठगी तथा अनुचित लेनदेन मुद्दाका १ जना, आपराधिक उपद्रवका २ जना, कुटपिट अंगभंगका ३ जना, ज्यान मार्ने उद्योगका ४ जना र जबरजस्तीकरणी मुद्दाका १ जना रहेका छन्।
उनीहरूबाट अदालतले तोकेको कुल ५ लाख ६० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो। जसमा ठगी तथा अनुचित लेनदेन मुद्दामा ३० हजार, आपराधिक उपद्रवमा ५० हजार, कुटपिट अंगभंगमा १ लाख ५० हजार, ज्यान मार्ने उद्योगमा २ लाख ७० हजार र जबरजस्तीकरणी मुद्दामा ६० हजार रुपैयाँ जरिवाना रहेको छ।





