सर्लाहीमा अवैध लागूऔषधसहित एक महिला पक्राउ

२०८३ भाद्र १८, बिहीबार २०:१६

मलंगवा – सर्लाहीको लालबन्दी नगरपालिका – ८ गुम्बाटोलबाट प्रहरीले अवैध लागूऔषध गाँजा तथा प्रतिबन्धित औषधिसहित एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५६ वर्षीया दिलकुमारी गोलेलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले गोलेको गोठछेउमा रहेको बेसारबारीमा लुकाइराखेको अवस्थामा ७ सय ८५ ग्राम गाँजा, स्पास्मो–प्रोक्सिभोन प्लसका १६ क्याप्सुल र नाईट्राज्मा १० लेखिएको ४१० वटा ट्याब्लेट बरामद गरेको जनाएको छ।

लागूऔषध तथा प्रतिबन्धित औषधिसहित पक्राउ परेकी गोलेलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार