सर्लाहीमा १६ जना लागूऔषध दुर्व्यसनीहरु प्रहरी नियन्त्रणमा

२०८३ भाद्र १९, शुक्रबार २०:०७

मलंगवा – सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसनी तथा प्रयोगकर्ताको पहिचान र खोजी गर्ने अभियानलाई तीव्रता दिएको छ। अभियानका क्रममा प्रहरीले १६ जना लागूऔषध दुव्र्यसनीलाई पहिचान तथा नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहिबार गरिएको अभियानका क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट ५ जना, प्रहरी चौकी गोरखकालीबाट ६ जना र प्रहरी चौकी त्रिभुवननगरबाट ५ जना गरी जम्मा १६ जना लागूऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले लागूऔषधको प्रयोग तथा कारोबार नियन्त्रण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा खोजी तथा पहिचान अभियान सञ्चालन गरिरहेको जनाएको छ। लागूऔषध नियन्त्रणका लागि प्रहरीले दुव्र्यसनी तथा प्रयोगकर्ताको पहिचानसँगै आवश्यक अनुसन्धान र थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार