सार्वजनिक स्थलमा मधेशी समुदायलाई लक्षित गरी अपमानजनक लेख्ने युवक पक्राउ

२०८३ भाद्र २१, आईतवार १८:३७

सर्लाही – मधेशी समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङको बाक्सिला नगरपालिका–१५ घर भई काठमाडौं महानगरपालिका–३१ शङ्खमुलमा बस्दै आएका ३५ वर्षीय विशाल गुरुङ रहेका छन्।

प्रहरी टोलीले शनिबार शङ्खमुलबाट गुरुङलाई नियन्त्रणमा लिएको हो। उनले सामाजिक सद्भावमा खलल पुग्ने किसिमको अभिव्यक्ति दिएको आरोप प्रहरीले लगाएको छ।

पक्राउ परेका गुरुङमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीविरुद्ध प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार