मलंगवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सर्लाहीको रामनगर गाउँपालिकावासीले संकलन गरेको राहत सामग्री नुवाकोटमा पुगेर वितरण गरिएको छ।
रामनगर गाउँपालिकाका बासिन्दाको तर्फबाट संकलन गरिएको राहत गाउँपालिका अध्यक्ष राजाबाबु यादव स्वयं नुवाकोटको देवीघाट पुगेर बाढीबाट प्रभावित तथा वास्तविक पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो।

प्राकृतिक विपत्तिका कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्यले रामनगरवासीले राहत संकलन गरेका थिए। संकलित राहत अध्यक्ष यादवले सम्बन्धित पीडित परिवारसम्म प्रत्यक्ष रूपमा पुर्याउनुभएको हो।





