वीरगन्जमा स्रोत नखुलेको साँढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

२०८३ भाद्र २७, शनिबार ०९:४०

सर्लाही – वीरगन्ज महानगरपालिका रजतजयन्ती चोकबाट स्रोत नखुलेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट वीरगन्जतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो। त्यस क्रममा मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको भारतीय मुद्रा बरामद भएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी, पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमार रहेका छन्। उनको मोटरसाइकलको डिक्कीबाट ५०० दरका ८९१ थान, २०० दरको १ थान र १०० दरका ४ थान भारतीय नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद रकमको कुल मूल्य ४ लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ। स्रोत नखुलेको उक्त रकमसहित पक्राउ परेका कुमारलाई मोटरसाइकलसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार