धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

२०८३ भाद्र ३१, बुधबार १९:४१

सर्लाही – धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार दिउँसो करिब ३:४५ बजे धनौजी गाउँपालिका – २, गोरदाहा देउरीस्थित भित्री सडकमा प्रहरी चौकी धनौजीबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा मोटरसाइकल चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा भारतको मधुबनी जिल्ला खौना बस्ने ३५ वर्षीय राधाकान्त बयारको साथबाट स्रोत नखुलेको नगद १३ लाख ६५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त रकम कमरमा लुकाएर राखेको अवस्थामा फेला पारेपछि बयारलाई नियन्त्रणमा लिएको हो। बरामद रकम र पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार