राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिवसहित ९ जनाले दिए राजीनामा

२०८३ आश्विन २, शुक्रबार १४:३७
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो

सर्लाही – राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशवकुमार झासहित नौ जना नेताले पार्टीबाट राजीनामा दिएका छन्। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा आबद्ध महासचिव झासहित केन्द्रीय तहका नौ नेताले शुक्रबार पार्टी अध्यक्ष महतोलाई राजीनामा बुझाएका हुन्।

राजीनामा दिनेमा महासचिव झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्।

उनीहरूले पार्टी अध्यक्ष महतोसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएका हुन्। यद्यपि, उनीहरूले पार्टी छाड्नुको कारणबारे तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा २०८१ साल कात्तिक ९ गते दर्ता भएको थियो। पार्टीको नेतृत्व राजेन्द्र महतोले गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार