२० क्विन्टल गाँजासहित दुई जना पक्राउ

२०८३ आश्विन ४, आईतवार १०:२४

सर्लाही – सप्तरीको डाक्नेश्वरी नगरपालिका – ६ फतेपुर टोलबाट प्रहरीले करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ। प्रहरीले उक्त पदार्थ भण्डारण गरी राखिएको अवस्थामा बरामद गरेको हो।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले फतेपुर टोलका भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद पदार्थको तौल अन्दाजी २ हजार किलोग्राम अर्थात् २० क्विन्टल रहेको छ। बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार