सर्लाही – सर्लाहीमा २०८३ भदौ महिनाका लागि प्रहरी नायव निरीक्षक (सई) धर्मेन्द्र कुमार साह ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि – २०८३’ बमोजिम प्रहरी चौकी कविलासीमा कार्यरत सई साहलाई भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो।

सई साहले भदौ महिनामा चोरी तथा अवैध हतियारसम्बन्धी घटनाको अनुसन्धान र नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको कार्यक्षेत्रमा भएका विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा अवैध हतियार बरामद गर्न महत्वपूर्ण भूमिका खेलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी संगठनको नीति निर्देशनअनुसार जिम्मेवारीप्रति अनुशासित, लगनशील, इमानदार र कर्तव्यनिष्ठ रही उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा सई साहलाई भदौ महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





