सर्लाही – धनुषामा वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ। मिथिला नगरपालिका–११ स्थित आँपगाछी टोलमा आइतबार बिहान पहिरो खसेर स्थानीय राजन श्रेष्ठको एकतले घर पुरिएको हो।
पहिरोले घर पुरिँदा ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। अचानक पहिरो खसेपछि घरभित्र रहेका परिवारका अन्य चार जना सदस्य भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

प्रहरीका अनुसार घटनाबारे थप विवरण संकलन तथा आवश्यक उद्धारको काम भइरहेको छ। पछिल्लो समय लगातार भइरहेको वर्षाका कारण पहाडी तथा भिरालो क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै स्थानीयलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।





