मलंगवा – सर्लाहीको गोडैता नगरपालिका – १ बहादुरपुरमा अन्त्येष्टिपछि लखनदेही सोती (नदी) मा नुहाउने क्रममा एक जना वृद्धलाई खोलाले बगाएको छ।
बुधबार बिहान करिब ११ः४५ बजे गोडैता नगरपालिका – १ बहादुरपुर निवासी अन्दाजी ७० वर्षीय छित्नु साह दाहसंस्कार सकेर लखनदेही सोतीमा नुहाउने क्रममा पानीको बहावले बगाएको प्रहरीले जनाएको छ।

घटनाबारे बिहान करिब १२ः१० बजे प्रहरी चौकी बहादुरपुरमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरी चौकी बहादुरपुरबाट र बीओपी सिमरा भगवतीपुरबाट प्रहरी टोली खोजी कार्यमा खटिएको छ।
प्रहरीका अनुसार स्थानीयवासीको समेत सहयोगमा खोलामा बेपत्ता साहको खोजी कार्य भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।





