सर्लाहीमा विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ

२०८३ आश्विन १२, सोमवार २०:१७

मलंगवा – सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले सम्मानित सर्लाही जिल्ला अदालतबाट विभिन्न मुद्दामा दण्ड सजाय तोकिएपछि फरार रहेका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोटरसाइकल चोरी मुद्दाका एक जना रहेका छन्। अदालतबाट उनलाई ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। त्यस्तै, चेक अनादर मुद्दाका तीन जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई अदालतबाट कैद सजाय नभए पनि जनही १ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका चारै जनाबाट कुल ६ हजार ५ सय रुपैयाँ जरिवाना असुल हुने देखिएको छ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार