सर्लाहिबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद

२०८३ आश्विन १२, सोमवार २१:४०
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीको सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको छ।

बुधबार सशस्त्र प्रहरी बल, नेपाल बीओपी मधुवनी, सर्लाहीबाट खटिएको टोलीले बलरा नगरपालिका – ५, भगवानपुरस्थित सीमावर्ती क्षेत्रबाट १० किलो ५०० ग्राम गाँजा बरामद गरेको हो।

बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार