सर्लाहीमा वैदेशिक रोजगारीको नाममा ठगी गरिएको ५० हजार रुपैयाँ प्रशासनको पहलमा फिर्ता

२०८३ आश्विन १३, मंगलवार १९:०१

मलंगवा – सर्लाहीमा वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको ५० हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितले फिर्ता पाएका छन्।

बलरा नगरपालिका – ८ का वीरेन्द्र महतोले विष्णु गाउँपालिका – ५ का तेज नारायण साहबाट साउदी अरब रोजगारीका लागि पठाइदिने भन्दै ५० हजार रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि लामो समयसम्म न विदेश पठाएको र न त रकम फिर्ता गरेको भन्दै साहले न्यायका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए।

पीडितको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले गरेको पहल तथा समन्वयमा रकम फिर्ता गरिएको हो। प्रशासन कार्यालयका अनुसार महतोको तर्फबाट कौडेना गाउँपालिका – २ का भाग्य नारायण रायले पीडित साहलाई ठगी भएको ५० हजार रुपैयाँ फिर्ता गरेका छन्। प्रशासनको रोहवरमा रकम फिर्ता भएपछि पीडितले राहत पाएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार