सर्लाहीको बागमती – ३ का वडाध्यक्ष मोक्तानको उपचारका क्रममा निधन

२०८३ आश्विन १६, शुक्रवार १४:५३

लालबन्दी – सर्लाहीको बागमती नगरपालिका–३ का वडाध्यक्ष तिलकबहादुर मोक्तानको उपचारका क्रममा निधन भएको छ। ४८ वर्षीय मोक्तानको शुक्रबार बिहान काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी केही समयदेखि मुटुसम्बन्धी गम्भीर स्वास्थ्य समस्याबाट पीडित थिए।

परिवारका अनुसार मोक्तानको असोज दोस्रो साताका लागि मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको थियो। तर केही दिनयता लगातार उच्च ज्वरो आएपछि उपचार प्रक्रिया प्रभावित भएको थियो। स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भदौको पहिलो साता काठमाडौं लगिएको थियो।

स्वास्थ्य अवस्था अस्थिर हुँदै गएपछि उनलाई बिहीबार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको परिवारले जनाएको छ। मोक्तान तत्कालीन नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिका – ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा लगातार दुई कार्यकाल वडाध्यक्षमा विजयी भएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार