सर्लाही – रामेछापमा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको लिखुतामाकोशी गाउँपालिका – ४, बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।
प्रहरीका अनुसार महत सोमबार दिउँसो करिब १२ बजे कमेरो माटो लिन जान्छु भन्दै घरबाट निस्किएका थिए। तर, दिउँसो ३ बजेसम्म पनि घर नफर्किएपछि परिवार तथा स्थानीयले उनको खोजी सुरु गरेका थिए।

खोजी गर्ने क्रममा मंगलबार दिउँसो करिब १२ः३० बजे घरदेखि करिब १.५ किलोमिटर उत्तरतर्फ रहेको कमेरो माटो निकाल्ने स्थानमा माटोको ढिस्को खसेको भेटिएको थियो। उक्त स्थानमा ढिस्को पन्छाएर खोजी गर्दा महतको शव फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।





