सर्लाही – महोत्तरीमा सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १२ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीबाट बुधबार खटिएको गाडी मोबाइल टोलीले रामगोपालपुर नगरपालिका – ७, टिकुलियास्थित सीमावर्ती क्षेत्रबाट उक्त सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको कपडा, चप्पल, अटो तथा मोटरसाइकललगायतका सामान नियन्त्रणमा लिएको हो। बरामद सामानको कुल मूल्य १२ लाख २४ हजार रुपैयाँ बराबर रहेको जनाइएको छ।
बरामद गरिएका अवैध चोरी पैठारीका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।





