भ्यानको ठक्करबाट वीरगञ्जमा एक महिलाको मृत्यु

२०८३ आश्विन २१, बुधवार १८:२७
सांकेतिक तस्बिर

सर्लाही – वीरगञ्ज महानगरपालिका – १६ भानु चोकमा विद्युतीय भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ता रहेकी छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको भ्यानले पैदल हिँडिरहेकी गुप्तालाई ठक्कर दिएको थियो।

भ्यानको ठक्करबाट टाउको र दाहिने गोडामा गम्भीर चोट लागेपछि गुप्तालाई उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले भ्यानका चालक सिन्धुलीको कमलामाई नगरपालिका–२ निवासी ६० वर्षीय रामकुमार कार्कीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार