सर्लाहीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

२०८३ आश्विन २९, बिहिवार ०८:५२

मलंगवा – सर्लाहीको हरिवन नगरपालिका – ४ बाट प्रहरीले २३.३१० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हरिवन नगरपालिका – ४ निवासी ३२ वर्षीय सागर पाख्रिन र सोही स्थानका २५ वर्षीय राज भुजेल रहेका छन्। लागूऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट २३.३१० ग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु र दुई थान मोबाइल बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवनमा बुझाइएको ब्युरोले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार