मलंगवा – सर्लाहीका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका ५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।
सोमबार सशस्त्र प्रहरी बल, नेपाल बीओपी खुटौनाबाट खटिएको टोलीले विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, मोबाइलको टेम्पर ग्लास तथा सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको हो।

बरामद गरिएका सामान तथा मोटरसाइकलको कुल मूल्य ५ लाख १ हजार ६ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।





