नेकपाका मधेस प्रदेश कमिटी सदस्य लक्ष्मण महतो कोइरीले दिए राजीनामा

२०८३ कार्तिक ९, सोमवार २०:४६

सर्लाही – नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेश कमिटी सदस्य लक्ष्मण महतो कोइरीले पार्टीको साधारण सदस्यता र आफूले सम्हाल्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

सर्लाहीको चन्द्रनगर गाउँपालिका – १, किसनपुर निवासी कोइरीले व्यक्तिगत विचार, राजनीतिक मान्यता तथा विभिन्न कारणले पार्टीमा आबद्ध भएर काम गर्न असमर्थ रहेको भन्दै राजीनामा दिएका हुन्।

मधेस प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उनले पार्टीको साधारण सदस्यता र पार्टीमा रहेको सम्पूर्ण जिम्मेवारीबाट स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्।

पार्टीमा रहँदा सहकार्य गरेका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूप्रति धन्यवाद व्यक्त गर्दै उनले आफ्नो राजीनामा स्वीकृत गरी आवश्यक अभिलेख अद्यावधिक गर्नसमेत अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार