सर्लाहीमा सडक छेउको खाल्डोमा पुरुषको शव फेला

२०८३ कार्तिक ११, बुधवार १९:३९

मलंगवा – सर्लाहीको बलरा नगरपालिका – १ मिर्जा हतिऔलमा सडक छेउको खाल्डोमा एक पुरुष मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीयले खाल्डोमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको तत्काल पहिचान खुल्न नसकेको र उनी अन्दाजी ३० देखि ३५ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार