भारतबाट आयो नयाँ सूची, नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्

२०८३ कार्तिक १४, शनिवार २१:५५
सांकेतिक तस्बिर

सर्लाही – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। आसन्न चाडपर्वलाई ध्यानमा राख्दै उपभोक्तालाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निगमले मूल्य वृद्धि नगर्ने निर्णय गरेको हो।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आम उपभोक्ताको हितलाई प्राथमिकता दिँदै साविककै मूल्य कायम राखिएको निगमले जनाएको छ।

निगमको निर्णयअनुसार काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहनेछ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि नेपालमा मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब २१ करोड ४२ लाख रुपैयाँ घाटा हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार