सर्लाही – सरकारी कार्यालयको दैनिक कामकाजको समय भोलि (कात्तिक १६) देखि परिवर्तन हुने भएको छ। जाडोयामलाई लक्षित गर्दै सरकारले कार्यालय सञ्चालनको समय एक घण्टा घटाएको हो।
नयाँ समयतालिकाअनुसार कात्तिक १६ गतेदेखि आगामी माघ १५ गतेसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्।

गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार जाडोयाम अवधिभर सरकारी कार्यालयको सेवा प्रवाह सोही समयअनुसार हुनेछ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ व्यवस्थासँगै अब सरकारी कर्मचारीले दैनिक एक घण्टा कम समय कार्यालयमा बिताउनेछन्।




