सर्लाहीसहित मधेसका जिल्लामा बाक्लो हुस्सु, चिसो बढेपछि जनजीवन प्रभावित

२०८३ कार्तिक १६, सोमवार ०८:४४

मलंगवा – सर्लाहीसहित मधेस प्रदेशका विभिन्न जिल्लामा सोमबार बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेपछि जनजीवन प्रभावित भएको छ। सर्लाहीको गोडैता, मलंगवासहितका क्षेत्रमा बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण सडक, खेतबारी तथा आसपासका दृश्य धमिलिएका छन्।

हुस्सुका कारण सडकमा दृश्यता कम हुँदा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भएको छ। केही दिनदेखि परेको झरी रोकिएपछि मौसममा आएको परिवर्तनसँगै यस क्षेत्रमा बाक्लो हुस्सु लागेको हो। हुस्सुसँगै चिसो बढेपछि स्थानीय बासिन्दाले थप शीतलहरको महसुस गरेका छन्।

आइतबार भने मौसम खुलेर घाम लागेको थियो। तर, सोमबार बिहानैदेखि पुनः बाक्लो हुस्सु लागेपछि चिसो बढेको छ। हुस्सु र चिसोका कारण विशेषगरी बिहानको समयमा दैनिक कामकाज तथा आवतजावत गर्ने सर्वसाधारण प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार