धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ, मिलेमतोमा भागेको आशङ्का

२०८१ आश्विन ७, सोमबार १५:००

सर्लाही – धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षबाट भेन्टिलेसन फोडेर फरार भएका ९ जना थुनुवामध्ये ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार राति करिब ३ बजे थुनुवाहरू फरार भएका थिए।

फरार भएकाहरूको खोजी गर्दै जाँदा सत्यम झालाई प्रहरीले जनकचोकबाट तत्कालै पक्राउ गरेको थियो भने नाबालक सुमित मेस्तरलाई पनि जनकपुरमै फेला पारी पक्राउ गरेको थियो। अन्य चार जनालाई धनुषाको विदेह नगरपालिका–७ स्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालले जानकारी दिए।

पक्राउ पर्नेमा लागू औषध मुद्दाका अभियुक्त २४ वर्षीय रोशन कुमार मण्डल, ३३ वर्षीय अभास्कर कुमार यादव, र अभद्र व्यवहार मुद्दाका २२ वर्षीय विक्की कार्की रहेका छन्। दुई जना थुनुवा अझै फरार छन्। उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। – नागरिक न्यूज

सम्बन्धित खबर :

-जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार