सर्लाही – कालीकोटको महावै गाउँपालिकाले विधुर (एकल पुरुष) भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार पालिकाले विधुर भत्ता दिन लागेको महाबै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।
गाउँपालिकाले यसअघि गएको बुधवार सबै ७ वटा वडा कार्यालयलाई ४९ वर्षदेखि ५९ वर्षसम्मका विधुरहरूकाे तथ्याङ्क सङ्कलन गरी पठाउन पत्राचारसमेत गरिसकेको छ ।

प्रथम चौमासिक भत्ता वितरण गर्न वडालाई तथ्याङ्क सङ्कलन गरी पेश गर्न पत्राचार गरिएको हो । विधुर भत्ता दिनेमा महावै गाउँपालिका कर्णाली प्रदेशको पहिलो पालिका बनेको छ । – उज्यालोबाट





