सर्लाही – रौतहटमा पेस्तोल र गोली सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जील्लाको देवाही गोनाही नगरपालिका–६ का ५६ वर्षीय भोला राय यादव रहेका छन्।
सोहि नगरपालिकाको वडा नम्बर ६ कर्कचस्थित दुर्गा मेलामा उक्त पेस्तोल र गोली सहित पुगेका उनलाई इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली ४ राउन्ड, म्यागजिन १ थान र सर्ट गनको २ राउन्ड गोली बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ।





