विविध कार्यक्रम गरि सर्लाहीमा पनि मनाईयो ६९ औँ प्रहरी दिवस

२०८१ आश्विन ३०, बुधबार १७:२०

सर्लाही – प्रहरी दिवस सर्लाहीमा पनि विविध कार्यक्रम गरि मनाईएको छ। आज (बुधबार) जील्ला प्रहरी कार्यालय मलंगवास्थित कार्यालयको प्राङ्गणमा विविध कार्यक्रम गरि ६९ औँ प्रहरी दिवस मनाईएको हो।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत, दिवगंत प्रहरीका परिवारलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त बहादुर कुँवरको शुभकामना सन्देश जील्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले बाचन गरेर सुनाएका थिए।

यस्तै, कार्यक्रममा प्रहरी कार्यालयहरुलाई जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान र अमर प्रहरीको शालिकमा माल्यार्पणसमेत गरिएको थियो। सर्लाहीका प्रहरी प्रमुख (एसपी) रवीन्द्र बहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालयकै प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरिता मचामसीले गरेकी थिईन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार