रौतहटका एक जना पुरुष स्रोत नखुलेको साँढे आठ लाख रुपैयाँसहित काठमाडौँमा पक्राउ

२०८१ कार्तिक १, बिहीबार १९:२७
साङ्केतिक तस्बिर

सर्लाही – रौतहटका एक जना पुरुष स्रोत नखुलेको साँढे आठ लाख रुपैयाँसहित काठमाडौँमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौँ महानगरपालिका–७, रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईं रहेका छन् ।

उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट १ हजार दरको ८ लाख रुपैयाँ र ५ सय दरको ५० लाख रुपैयाँ बरामद गरिएको छ ।

साथै, उनको साथबाट विभिन्न बैंकका एटीएम र चेक, मोटरसाइकल, पत्रकारको परिचयपत्रसमेत बरामद गरिएको छ। पक्राउ परेका उनीमाथि मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ क हुन्डीसम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार