हर्नियाको शल्यक्रियाका निम्ति उपराष्ट्रपति यादव अस्पताल भर्ना

२०८१ कार्तिक ७, बुधबार ०९:२४

सर्लाही – हर्नियाको शल्यक्रियाका निम्ति उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन्। यादव मङ्गलबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन्।

लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित यादवको आज प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानबाट शल्यक्रिया गरिने छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार