गोडैता – आज शनिबार सर्लाहीका केहि ठाउँमा बिजुली नहुने नेपाल बिद्युत प्राधिकरण शाखा मलंगवाले जनाएको छ।
जसअनुसार ति स्थानमा आज (शनिबार) बिहान ८ बजेदेखि दिउँसो तीन बजेसम्म बिद्युत आपूर्ति बन्द हुनेछ। प्राधिकरण शाखाले यस सम्बन्धि शुक्रबार सामाजिक संजालमार्फत जानकारी दिएको छ। बिद्युतका पोल सार्नु पर्ने भएकोले आज बिद्युत आपूर्ति बन्द रहने छ।

प्राधिकरण शाखाका अनुसार जिल्लाका मलंगवास्थित खुटाैना, भारसर,काैडेना, बिष्णु गाउँपालिका, कविलासि नगरपालिका, चन्द्रनगर गाउपालिका , सिर्सिया, मदन्पुर, चक्रघट्टा गाउपालिकालगायत काैडेना तथा चमेलिमाइ फिडरबाट आपूर्ति हुने विधुत आज अबरुद्व रहने छ।






