गढीमाई मेलाको सुरक्षामा कुनै कमजोरी नगर्न गृहमन्त्री लेखकको निर्देशन

२०८१ मंसिर १९, बुधबार १९:५६
file image

सर्लाही – गढीमाई मेलाको सुरक्षामा कुनै कमजोरी नगर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

आज (बुधबार) लाखौं श्रद्धालु भक्तजनहरुको भिडभाडमा उपस्थित भई बाराको वरियारपुरस्थित गढीमाईको पूजा अर्चनासमेत गरेका छन्। विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रियस्तर एउटै ठूलो पहिचान दिएको भन्दैगढीमाई मन्दिरको संरक्षणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको उनले बताए।

गढीमाई मेलालाई व्यवस्थित बनाउनको लागि आफूले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको तथा मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले आवश्यक परेमा थप सुरक्षाकर्मी खटाइने मन्त्री लेखकले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार