पाँच महिनामा भित्रियो साढे ६ खर्ब रेमिट्यान्स

२०८१ पुष २६, शुक्रबार १८:०८

सर्लाही – चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बैंकका अनुसार गत वर्षको यसै अवधिमा भने रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । पाँच महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान तीन लाख २५ हजार ८०९ जनाले श्रम स्वीकृति लिएका छन् ।

यसमा एक लाख ९० हजार ३८४ जनाले नयाँ र एक लाख ३५ हजार ४२५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको यस अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले अन्तिम श्रम स्वीकृत लिएका थिए । पाँच महिनाको अवधिमा खुद ट्रान्सफर ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार