प्रहरीले अब सवारी जाँचका क्रममा चालकको चाबी खोस्न नपाउने

२०८१ माघ १०, बिहीबार १२:१२

सर्लाही – सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले चालकको चाबी खोस्न नपाउने भएका छन् ।

माघ १६ गते न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले चालकको चाबी खोस्ने कार्य गैरकानुनी भएको ठहर गर्दै कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेश जारी गरेको हो । कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीको चाबी खोस्ने कार्यविरुद्ध विवेक चौधरीले रिट दायर गरेका थिए ।

उनले सवारी चालकको चाबी खोस्ने कार्यले व्यक्तिको निजी सम्पत्तिमा हस्तक्षेप गर्ने र संविधानको धारा १६ र १७ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने तथा स्वतन्त्रताको अधिकारको उल्लङ्घन हुने बताएका थिए । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ र १६० ले प्रहरीलाई कारबाहीका लागि केही अधिकार दिएको भए पनि सवारी चालकको चाबी खोस्ने अधिकार भने स्पष्ट रूपमा छैन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार