सर्लाही – पर्सामा भन्सार छलेर नेपाल ल्याई अवैध रूपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँबराबरको लत्ताकपडा तथा हार्डवेयरका समान सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले माघ १४ गते छापा मारेर बरामद गरेको छ ।
जिल्लाको वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित दुईवटा पक्की घरको भुइँतलामा अवैध रूपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उक्त परिमाणको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोदाम गरी राखिएको सामान सीमा इलाकाबाट करिब तीन किलोमिटर उत्तरतर्फ रहेको छ । बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपैयाँबराबरको लत्ताकपडा र एक लाख २१ हजार पाँच सय रुपैयाँबराबरको हार्डवेयरको सामान रहेको छ । बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगन्जमा पठाईएको छ।





