सर्लाहीमा यात्रुबाहक बस भीरबाट खस्यो

२०८१ माघ १५, मंगलवार २१:३१
तस्बिरमा केहि दिन अघि सर्लाहीमा दुर्घटना भएको बस

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका-१५ स्थित सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा आज साँझ यात्रुबाहक बस दुर्घटना भएको छ।

प्रहरीका अनुसार लालबन्दी बजारबाट सिन्धुलीको मरिणका लागि छुटेको बा २ ख ६४३३ नम्बरको काल्तान ट्राभल्सको बस सर्लाही र सिन्धुलीको सिमाना (पानी ढलो) नजिक लालबन्दी नगरपालिका–१५, चुरे भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घटनामा बसका चालक लालबन्दी नगरपालिका–१३, पत्थरकोटका ३६ वर्षीय चन्द्रबहादुर काल्तान घाइते भएका छन्। यात्रुहरुलाई बसबाट झारेर उकालो चढाउन खोजेका कारण कुनै पनि यात्रु घाइते नभएको बताईएको छ।

विपरीत दिशाबाट आउँदै गरेको अर्को बसलाई उकालोमा साइड दिने क्रममा उक्त बस भीरबाट करिव १० फिट तल कालिन्जोर खोला किनारमा खसेको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार