सर्लाही – प्रहरीले सर्लाहीको लालबन्दीबाट १ सय १० किलो अबैध लागु औषध गाँजा बरामद गरेको छ। आईतबार साँझ लालबन्दी नगरपालिका-१५ कालिन्जोर खोलाको काँसघारीमा लुकाई राखिएको उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उक्त स्थानमा गाँजा लुकाएर राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उक्त गाँजा बरामद गरेको हो। गाँजा त्यहाँ कसले राख्यो भन्ने हालसम्म पत्ता नलागेको तथा यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।






