सर्लाही – नेपाली क्रिकेट टिमकी अलराउण्डर पूजा महतो काठमाडौँमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन्।
उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन् भने ३ विकेट पनि लिइन्। पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन्। शुक्रबार सिरिजको अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्याण्डले सिरिज जितेको छ ।





