पत्रकार बन्दना झाले वृद्ध आश्रममा मनाईन आफ्नो जन्मदिन

२०८१ फाल्गुन ३, शनिबार १२:५२
जन्मदिन मनाएपछिको सामुहिक तस्बिर

सर्लाही – नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्षसमेत रहेकी पत्रकार बन्दना झाले आफ्नो ३४ औं जन्मदिन वृद्धसेवाआश्रममा मनाएकी छन्। लालबन्दी नगरपालिका – २, जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना वृद्ध सेवा आश्रममा शनिबार आश्रममा आश्रित बुवा आमालाई खाना खुवाएर जन्मदिन मनाएकि हुन्।

विगतका वर्षहरुमा पनि वृद्ध बुवा-आमाहरुको माझमा बसेर जन्मदिन मनाउँदै आएकी पत्रकार झाले यो वर्ष पनि वृद्ध सेवा आश्रममा जन्मदिन मनाएकि हुन्। वृद्ध वृद्धाहरुको सामिप्यता र उहाँहरुको आर्शिवादले आफूलाई सधैं सफलतातर्फ प्रेरित गर्ने भएकोले विगत ५ वर्षदेखि आश्रममै केक काटेर जन्मदिन मनाउने गरेको उनले बताईन।

उक्त कार्यक्रममा लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारी, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुर, सचिव सोम दियाली, निर्वतमान अध्यक्ष टंक बहादुर क्षेत्रीलगायत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार