समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत धनुषामा सात जोडीको दाइजोरहित सामूहिक विवाह

२०८१ फाल्गुन ५, सोमबार ११:२१
सामूहिक विवाह

सर्लाही – धनुषाको मिथिला नगरपालिका- २ बेलाचापीस्थित सतलोक आश्रममा समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत धनुषामा सात जोडीको दाइजोरहित सामूहिक विवाह गराईएको छ। समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत आश्रममा ७ जोडीको दाइजोरहित सामूहिक विवाह गराइएको हो।

बताईए अनुसार विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन गरिएको थिएन भने बेहुला वा बेहुली दुवैपक्षको कुनै पनि खर्च भएको थिएन । आगन्तुकहरूलाई खाने तथा बस्ने व्यवस्था पनि आश्रमकै तर्फबाट गरिएको थियो ।

सन्त रामपालजी महाराजको ३८ औँ बोध दिवस पनि यस वर्ष पनि भव्यताका साथ मनाइँदै छ । दिवसका अवसरमा सन्त रामपालजी महाराजका अनुयायीले फागुन ३ देखि ५ गतेसम्म आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन आइतबार विभिन्न सामाजिक कार्यक्रमहरू गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार