सर्लाहीमा प्रजातन्त्र दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

२०८१ फाल्गुन ६, मंगलवार १२:२५

सर्लाही – सर्लाहीमा प्रजातन्त्र दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ। दिवसका अवसरमा सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको हो।

गत शुक्रबार जिल्ला प्रशासन कार्यालय सर्लाहीको सभाकक्षमा बसेको बैठकले जिल्लामा प्रजातन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ। सोहि निर्णयअनुसार आज पहिलो दिन बिरामीलाई फलफूल वितरण गरिएको प्रजिअ तुलसीबहादुर श्रेष्ठले जानकारी दिए।

यस्तै, दिवसको दोस्रो दिन अर्थात् मुख्य दिन भोलि सदरमुकाम मलङ्गवामा प्रभातफेरी, झण्डोत्तोलन तथा मञ्चको कार्यक्रम, रक्तदान र जनप्रतिनिधि तथा कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिने छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार