दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता

२०८१ फाल्गुन ८, बिहीबार ०६:४४
रेखा गुप्ता

सर्लाही – नयाँदिल्लीको मुख्यमन्त्री रेखा गुप्ता हुने भएकी छन् । बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो । ओमप्रकाश सहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको हो।

नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज (बिहीबार) मध्याह्न रामलीला मैदानमा हुने बताइएको छ । गुप्ता सहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए । दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार