सर्लाही – बैतडीमा भिरबाट लडेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलका प्रहरी हवल्दार लोकेन्द्रबहादुर कडायत रहेका छन्।
कडायत बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारमा कार्यरत थिए। बुधबार साँझ आफ्नै घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

भिरबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। अहिले उनको शव गोकुलेश्वर अस्पतालमै राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।





