रौतहटमा १५ जना फरार प्रतिवादीहरू पक्राउ

२०८१ फाल्गुन ९, शुक्रबार १०:०१
साङ्केतिक तस्बिर

सर्लाही – रौतहट प्रहरीले १५ जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मातहतका निकायले विभिन्न मुद्दामा फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको हो।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरूलाई खोज तलास गरि पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालत रौतहटमा बुझाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार